२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

सिमरा गोल्डकपको तयारी पुरा

बारा- आठौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बताएको छ। प्रतियोगिता बाराको सिमरामा माघ २० देखी हुदैंछ। नव जनजागृति युवा क्लबले आयोजना गर्ने प्रतियोगितामा ए डिभिजनका पाँच, मोफसलका पाँच गरी १० टिमको प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा ए डिभिजन त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबको सहभागिता रहनेछ। यसैगरी प्रतियोगितामा मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका शम्भु ठकुरीले बताए।

प्रतियोगिताको बिजेताले ५ लाख ५१ हजार , उपबिजेताले भने २ लाख ५१ हजारमा प्राप्त गर्नेछ।

आयोजकले आठौं संस्करणमा खेलाडी प्रोत्साहन भत्ता बढाएको छ। प्रतियोगिताको तयारीलाई सहयोग पुगिसो भनेर खेलाडीलाई  प्रोत्साहन भत्ता बढाएको नव जनजागृति युवा क्लबका अध्यक्ष एवम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले बताए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछ। उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने आयोजकले बतायो।

प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई ५ हजार प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटनलाई भव्य बनाउन सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको क्लबले बताएको छ।

प्रतियोगिताको बारेमा जानकारी गराउँदैं आयोजक क्लबका पदाधिकारी। तस्बिरः उपेन्द

प्रकाशित: १८ माघ २०७३ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App