७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

एसिसी प्रिमियर कप : हङकङले यूएईलाई हरायो

एसिसी प्रिमियर कपमा  हङकङले यूएईलाई हराएको छ।  

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ। लगातार दोस्रो जितसँगै हङकङले समूह बी बाट समूह विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना उच्च बनाएको छ।

जितको लागि २ सय ६४ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनाउँदा खेल रोकिएको थियो। तर हाबाहुरीको कारण खेल रोकिएपछि पुन हुन सकेको थिएन। त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा युएई पराजित भएको हो।

यो प्रतियोगिताको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन्। समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन्। हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो। हङकङले सोमबार बहराइन र विहीबार कुवेतसँग खेल्नेछ। दुई मध्य एक खेल जितेमा हङकङले सेमिफाइनलमा स्थान बनउनेछ।

युएईले पहिलो खेलमा कुवतेलाई ४० रनले हराएको थियो। युएईले आइतबार सिंगापुर र बुधबार बहराइनसँग खेल्नेछ। युएईलाई सेमिफाइनल खेल्न दुबै खेल जित्नुपर्ने दबाब छ। हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

प्रकाशित: ८ वैशाख २०८० १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App