२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सन्दीपले ओमान विरुद्ध ३ विकेट लिदै रासिद खानको कीर्तिमान तोडे

नेपाली किक्रेटका पूर्व कप्तान सन्दीप लामिछानेले छिटो एक सय विकेट पुरा गरेर विश्व कीर्तिमान राखेका छन्।  

आज शुक्रबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको एसिसी प्रिमियर कपमा ओमान विरुद्धको खेलमा  विकेट हात पारेपछि लामिछाने छिटो एक सय विकेट पुरा गरेर विश्व कीर्तिमान राख्न सफल भएका हुन ।  

सन्दीपले आज ओमान विरुद्ध ६ ओभरमा १९ रन खर्चेर  ३ विकेट लिएपछि एकसय विकेट पुरा गरेका हुन । आजको तीन विकेटसंगै सन्दीपले ४२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १०२ विकेट पुरा गरेका छन । अझै उनले आज  ४ ओभरसम्म बलिङ गर्न पाउनेछन । बैशाख ५ गते भएको एसिसी प्रिमियर कपमा मलेसिया विरुद्ध पनि ३ विकेट लिएका थिए ।  

यस अघि उनले ४१ एकदिवसीय अन्तराष्ट्रिय खेलमा ९९ विकेट पुरा गरेका थिए । सन्दीपले सन् २०१८ अगष्ट १ मा नेदरल्याड्स विरुद्ध एक दिवसीय खेलमा पहिलो विकेट लिएका थिए । सन्दीपले २०२३ मा मात्र  १२ खेलबाट  ३० विकेट लिएका थिए । उनले २०२३ मा खेलको सबै खेलबाट एक न एक विकेट लिन सफल भएका छन् । सन २०२३ मा उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा पिएनजी विरुद्धको खेलमा सबै भन्दा वढि २५ रन खर्चेर ५ विकेट लिएका थिए।  

यस अघि एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो। खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए।

सन्दीपले उक्त कीर्तिमान ४२ खेलमा एक सय रन पुरा गरेर तोडेका हुन्।खान भन्दा अघि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए।

प्रकाशित: ८ वैशाख २०८० ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App