२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

किर्तीमानी शतक बनाएर आउट भए कुशल

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक शतक बनाएका कुशल मल्ल आउट भएका छन्। एसिसी प्रिमियर कपको आजको खेलमा मल्लले ६४ बलको सामना गर्दै ९ चौका र १० छक्कासहित १०८ रन बनाएर आउट भए।  

मल्लले आजको खेलमा किर्तीमानी शतक बनाए। उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने पहिलो खेलाडी बने। यसअघि सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले ९१ रनको कीर्तिमान राखेका थिए।  

खराब सुरुवात गरेको नेपालको ब्याटिङ कुशलले सम्हालिरहेका थिए। टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै २ सय ४९ रन बनाएको छ। 

प्रकाशित: ८ वैशाख २०८० ०६:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App