३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

बुद्धिचालमा रूपेश र सुजनाको अग्रता

खुलातर्फ शीर्ष वरीयताका फिडे मास्टर रूपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल विधामा अग्रता बनाउन सफल भएका छन्।

 प्रतियोगिताअन्तर्गत बिहीबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा हुँदा रूपेश र सुजनाले अग्रता लिएका हुन्। यी दुवै चौथो चरणसम्म अपराजित छन्।

बिहीबार पहिलो खेलमा रूपेशले साबिक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गर्दा चौथो चरणमा उनै रूपेशले उच्च लयमा रहेका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई स्तब्ध बनाएका थिए।

खुलातर्फ शीर्ष वरीयताका फिडे मास्टर रूपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल विधामा अग्रता बनाउन सफल भएका छन्।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रूपेशले पेड्रोफ डिफेन्स प्रणालीमा पुगेको थियो। सुरुआती दुई चरणमा पराजित भएर दबाबमा रहेका पुरुषोत्तमले ३३औं चालसम्म पुग्दा एक सिपाही गुमाएका थिए। त्यसपछि खेलमा रूपेशको पकड रह्यो। उनले ५३औं चालमा खेल जित्न सफल भए। चौथो चरणमा रूपेशले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई ६३औं चालमा पराजित गरे।

नेपालका पूर्वच्याम्पियन शूरवीर लामा, फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रूपमा दोस्रो रेटिङमा छन्।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रूपेशले पेड्रोफ डिफेन्स प्रणालीमा पुगेको थियो।

बिहीबारको खेल फिडे मास्टर क्षितिज भण्डारीका लागि सुखद रह्यो। अघिल्लो दिन पराजित रहेका उनले तेस्रो चरणमा नेपालका पूर्वच्याम्पियन केशव श्रेष्ठ र चौथो चरणमा राजीव कार्कीलाई पराजित गरेका थिए।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजभेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा राजन सुवेदी र राजन पुरी २.५ अंकका साथ संयुक्त रूपमा तेस्रो पोजिसनमा छन्।

नेपालका पूर्वच्याम्पियन शूरवीर लामा, फिडे मास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रूपमा दोस्रो रेटिङमा छन्।   

महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनीले तेस्रो दिनसम्म एकल अग्रता बनाएकी छन्। अपराजित यात्रालाई कायम राख्ने क्रममा सुजनाले विहीबार तेस्रो चरणमा लक्ष्मी कँडेल र चौथो चरणमा युवा खेलाडी रिया श्रेष्ठमाथि जित रचिन्। 

प्रकाशित: ८ वैशाख २०८० ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App