१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

ए डिभिजन लिग: जावलाखेलद्धारा पुलिस ६–१ पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा  विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।

जावलाखेल युथ क्लवले च्यासल मैदानमा पुलिसलाई ६–१ गाेलको फराकिलो अन्तरबाट हराएको हो।जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो। यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत रहेको छ।

पहिलो मिनेटबाट नै पुलिसमाथि हावी भएको खेलमा जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो। हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्‍याएका थिए। यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लागि पाँचौं गोल गरेका थिए। हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा  पुर्‍याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए। यससँगै जावलाखेल युथ क्लवले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत छ। जावलाखेलको २० अंक भएको छ। पराजित पुलिस तालिकाको पुछारमा यथावत नै छ।

लिगअन्र्तगत  बिहीबार दुई खेल हुनेछ। एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमालयन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: ६ वैशाख २०८० १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App