६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ग्रिन भिलेज सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज दोस्रो ब्राइट फ्युचर कप एसइई छात्र फुटसल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो। ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवाटिका, प्रिमियर स्कुल र ध्रुव तारा पनि आआफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे।

बालवाटिकाले ब्राइट होराइजनलाई ४-३ गोलले हरायो। प्रिमियरले क्यामेलियालाई ४-२ गोलले पाखा लगायो। ध्रुव ताराले डाइमन्डलाई टाइब्रेकरमा निराश पार्‍यो। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।

प्रकाशित: ६ वैशाख २०८० ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App