२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लेवान्डोवस्कीको मेसीसँग सँगै खेल्ने इच्छा

बार्सिलोनाका स्ट्राइकर रोबर्टो लेवान्डोवस्की

बार्सिलोनाका स्ट्राइकर रोबर्टो लेवान्डोवस्कीले लियोनल मेसी बार्सिलोना फर्किएमा आफूखुसी हुने बताएका छन्।

मंगलबार आयोजना भएको एक च्यारिटी कार्यक्रममा सञ्चारकर्मीसँग लेवान्डोवस्कीले मेसी पेरिस सेन्ट जर्मन (पिएसजी)बाट क्याटालान क्लबमा फर्किए खुसी हुने बताएका हुन्। लियोनल मेसी पिएसजीबाट बार्सिलोना फर्किने चर्चा चलेसँगै विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। ३५ वर्षीय अर्जेन्टिनाका विश्वकप विजेता लियोनल मेसीले २०२१ मा बार्सिलोना छाडेका थिए। बार्सिलोनाबाट पिएसजी जाने वर्ष क्लबले नयाँ सम्झौता गर्न नसक्ने जनाएको थियो। बार्सिलोनाबाट करियर सुरुआत गरेका मेसीले क्याटालान क्लब बिदाइ हुँदै गर्दा करियर अन्त्य बार्सिलोनामा नै गर्ने संकेत दिएका थिए। मेसीको आगामी जुनमा पिएसजीसँगको सम्झौता सकिँदै छ।

स्टार खेलाडीलाई अनुबन्धित गर्दै युरोपका प्रतिष्ठित प्रतियोगिताको उपाधि हत्याउने दाउमा रहेको पिएसजीले अपेक्षा अनुसारका खेल देखाउन सकेन। सोही विषयलाई केही समर्थकले नै आलोचना गर्दै आएका थिए।

‘मेसी बार्सिलोनाका पर्याय हुन् र उनी बार्सिलोना फर्किएको खण्डमा केही अनपेक्षित हुने छैन,’ लेवान्डोवस्कीले भने, ‘हामीले उनको स्थान यहाँ खाली महसुस गरिरहेका छौं। के हुनेछ भन्ने विषयमा अन्योल छ तर अगामी सिजनको लिग सँगै खेल्ने अपेक्षा लिएको छु।’

प्रकाशित: २९ चैत्र २०७९ ०५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App