३ असार २०८१ सोमबार
image/svg+xml
खेल

डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार  हुने भएको छ। मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो। 

२० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ। प्रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा गर्ने छन्। दुवै जनाले नवौं राष्ट्रिय खेलकुदमा क्विकोशिन कराँतेबाट स्वर्ण पदक जितेका थिए। अर्को सुपर लाइट वेट डिभिजनमा भारतीय खेलाडी लव कुमार र नेपालका विकाश गुरुङले प्रतिस्पर्धा गर्नेछन्। 

अर्को सुपर फ्लाई वेट डिभिजनमा रोशन घले र सन्दिप काप्री, सुपर बान्तम वेटमा अमृत गुरुङ र अनिश रेग्मी, फिदर वेट डिभिजनमा प्रशान्त तामाङ र प्रिन्स गुरुङ, युथ कार्डिट डिभिजनमा रतिम महर्जन र जेन्जी राई, फ्लाई वेट डिभिजनमा रेजिना विष्ट र सुश्मा चौधरी, सुपर लाईट वेटमा मिलन तामाङ र रोजित कायत, सुपर लाईट वेटमा छिरिङ पाल्देङ शेर्पा र आयुश गुरुङ र सुपर फिदर वेटमा सन्तोष लामा र ज्ञानेन्द्र सिंह भिड्नेछन्। 

शेर्पा आउटडोरको केटीएम सिटी मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखराको प्रर्दशन केन्द्रमा शनिबार हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीको सम्पुर्ण खेलाडीको अपेरियल केटीएम सिटीले उपलब्ध गराएको छ।

प्रकाशित: २४ चैत्र २०७९ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App