२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

रानीवन क्लब क्वार्टरफाइनलमा

नेपाल पुलिसको टोलीलाई २–१ ले पराजित गर्दै बाजुराको रानीवन क्लब तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

यहाँ जारी प्रतियोगिताअन्तर्गत बिहीबार खेल सुरु भएको २ मिनेटमै गौरव रावतको सुन्दर हेडर गोलमार्फत बाजुराले अग्रता लिएको थियो। ४०औँ मिनेटमा दिनेश रेग्मीले एक गोल थप्दा पहिलो हाफमा बाजुराले २–० ले अग्रता लियो।

खेलको ५३औँ मिनेटमा चक्र बलायरले गोल गर्न सफल भए पनि त्यसपछि पुलिस खेलमा फर्कन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो। खेलको प्लेयर अफ दी म्याच रानीवन क्लब बाजुराका मिलन रेग्मी चुनिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार बर्दिया र कञ्चनपुरका टोलीले प्रतिस्पर्धा गर्नेछन्। ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोटर्टस क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुनेछ। आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासीका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टोली गरी १० टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइनेछ।  

प्रकाशित: २४ चैत्र २०७९ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App