१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोर्चुगलको क्रिकेट टोलीमा पोखराका घिमिरे

पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दैछ। टी–२० सँगै यी तीन देशबीच टी–१० प्रतिस्पर्धा हुनेछ। मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन।  

चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन्। पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले। जहाँ उनी म्यान अफ दि म्याच बने। सन २०१९ मा उनी पोर्चुगल गएका हुन् ।

पोखराको क्रिकेटमा उदाउँदै गरेका घिमिरे रोजगारीको क्रममा एकाएक पोखराको क्रिकेटबाट पलायन हुदैं पोर्चुगल पुगेका थिए। बैदेशिक रोजगारीको लागि पोर्चुगल पुगेपनि उनले क्रिकेट लक्ष्यलाई भने थाँती राखे। आफनो क्रिकेट करियरलाई पोर्चुगलमा पुगेर फेरी शुरुवात गरे। त्यहाँ उनले गोर्खा–११ बाट खेल्न शुरु गरे। घिमिरेले गोर्खा–११ बाट चारवर्ष लगातार खेले। ‘तीनवर्षको बसाईपछि बल्ल योग्य(क्वालिफाईड) भए। छनोटको लागि योग्य भएपछि मात्रै पोर्चुगलको राष्ट्रिय टिममा छनोट भएको हुँ,’ घिमिरेले सामाजिक सञ्जाल मार्फत जानकारी गराए।  

रेष्टुरेण्टमा काम गर्दैै फुर्सदमा व्याट बोक्दै क्रिकेट मैदान पुग्ने उनले चारवर्षको अथक मेहनतपछि पोर्चुगलको राष्ट्रिय टोलीमा समावेश भएका हुन्। तीनवर्षको बसाईपछि मात्रै उनले यो अवसर प्राप्त गरेका हुन्सन २०२३ मा आईपुगेर उनी छनोट भएका हुन्। छनोटसँगै यही अप्रिल ८ र ९ तारिखमा उनले पोर्चुगलको क्रिकेट जर्सीमा मैदान छिर्दै नेदरल्याण्ड र गिब्राल्टरसँग खेल्ने छन।  

जतिबेला पोखरामा भर्खरै फ्रेन्चाईज क्रिकेट प्रतियोगिताको चर्चा शुरु भएको थियो। पोखरा क्रिकेट मैदानमा हुने निर्णय भईसकेको थियो। पोखरा प्रिमियर लिग(पिपिएल)को चर्चासँगै दुई जना खेलाडीलाई पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले राख्ने निर्णय गर्यो। पोखरा पल्टनले घिमिरेलाई समावेश गर्यो। तर उनले खेल्ने अवसर भने पाएनन।  

उनी उमेर समूहको राष्ट्रिय क्लोजक्याम्पमा पनि परे। तर छनोट हुन सकेनन्। यु–१९ र यु–१६ को दुवैमा क्याम्पमा परेपछि अन्तितमा छनोट हुन नसक्दा निराश बन्दै फर्किएका थिए। छनोट नभएपछि क्रिकेटको मोहलाई भने उनले चटक्कै छोडेनन। पोखराको पुरानो क्लब पोखरा क्रिकेट क्लबबाट क्रिकेटको करियर शुरु गरेका उनलाई पोखरेली क्रिकेटकर्मीले ‘हिटर’को रुपमा चिन्ने गर्छन्। पोखराको क्लबस्तरीय क्रिकेटमा उनको छुट्टै छाप छ। पोखराको तेर्सापट्टीमा जन्मिएका घिमिरेको परिवार अहिले पोखरा–१३ बाझापाटनमा बस्दै आएको छ।  

प्रकाशित: २१ चैत्र २०७९ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App