२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

आइपिएल :लखनऊ र पन्जाव विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनऊ सुपर जायन्ट्स र पन्जाब किंग्स बिजयी भएका छन।  

गएराती भएको खेलमा लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको छ। हिजो दिवा रात्रीको पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डिएसएल मेथर्डमा ७ रनले हराएको हो ।  

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनाउन सक्यो खेल ५० रनले हार्न पुग्यो। दिल्लीका सबैभन्दा वढि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौकासहित  ५६ रन बनाए। रिली  रोसौले २० बलमा ३ चौका र १ छक्का सहित  ३० रन बनाए। त्यसैगरी अक्षर पटेलले १६ रनको योगदान दिए भने अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन। दिल्लीलाई १ सय ४३  रनमै सिमित राख्न लखनऊ सुपर जायन्ट्सका बलर मार्क उडले ४ ओभरमा १४ रन मात्र खर्चेर महत्वपूर्ण ५ विकेट लिए। त्यसैगरी  रवि विश्रोई र आभेस खानले दुई दुई लिए।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो। लखनऊको लागिसबै भन्दा वढि काइल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्कासहित ७३ रन बनाए।  निकोलस पुरनले  ३६ रन , आयुस बदोनीले १८ , दिपक होडाले १७ तथा क्र्रनाल पाण्यले १५ रन बनाए।दिल्लीका खलिल अहमद र चेतन सकारियाले दुई दुई विकेट लिए।  त्यसैगरी  कुलदीप यादव र अक्षर पटेलले एक एक विकेट लिए   दिल्लीले आफ्नो दोस्रो खेल मंगलबार गुजरात टाइटन्ससँग खेल्नेछ।लखनऊले सोमबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ।  

पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई हरायो 

हिजो दिवा रात्रीको पहिलो खेलमा पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डिएसएल मेथर्डमा ७ रनले हरायाे । 

पन्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो।बर्षा भएपछि खेलको निर्णय डिएसएल मेथडबाट भएको हो।  

टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।पन्जाबका लागि भानुका राजपाक्षेले ५० रन ,  कप्तान शिखर धवनले ४० रन ,  साम करनले  २६ रन जितेश शर्माले २१ रन र सिकन्दर राजाले १६ रन बनाए। कोलकोताका लागि  टिम सौथीले २ , बरुण चक्रवर्ती, उमेश यादव र सुनिल नरिनेले एक एक विकेट लिए।  

कोलकत्ताका लागि आन्द्र रसेलले ३५, वेंकटेस अय्यरले ३४ ,कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए।पन्जाबका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान एक एक  विकेट लिए।  

भारतका विभिन्न शहरमा शुक्रबार देखि आयोजना भएको आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ।१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा ,मुम्बई इन्डियन्स,कोलकत्ता नाईटराईडर्स,राजस्थान रोयल्स,दिल्ली क्यापिटल्स र ५०लखनाउ सुपर जायन्ट्स रहेका छन्।समूह बी मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद,गुजरात टाईटन्स,रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन्।आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २र२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ। यसका अनुसार लिग चरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछन।

आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा दिउँसो ३ : ४५ मा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। बेलुका ७ : ४५ मा रोयल च्यालेन्जसं बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १९ चैत्र २०७९ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App