१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दशरथ रंगशालाः दर्शकको ब्यापक गुनासो बिच नेपालको सानदार जित

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा  नेपालले विजयी सुरुआत गरेको छ। बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

यो खेल प्रत्यक्ष हेर्न काठमाडौको दशरथ रंगशालामा  ५ हजार १ सय ७० जना पुगेका थिए । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको यो खेल हेर्न रंगशालामा पुगेका दर्शकले साधारण प्याराफीटमा ५ सय तथा भिआईपी प्याराफीटमा एक हजार रुपैया तिरेका थिए।प्रत्यक्ष रुपमा खेल हेर्न पुगेका अघिकांश दर्शकले जति रकम बुझाए पनि सामान्य शौचालय समेत सरसफाई नगेरको गुनासो व्यक्त गरे।

धादिङ घर भएका सुरेश श्रेष्ठ जस्ले ५ सय रुपैयाँको टिकट खरिद गरि नेपाल र लाओसको खेल हेरे। तर उनले टिकट अनुसारको सेवा सुविधा नपाएको सुनाए।उनले भने, ‘टिकटको मूल्य ५ सय रुपैया राख्ने तर शौचालय सफा नराखे यस्तो नि हुन्छ। यो त भएन मूल्य अनुसारको सेवा सुविधा त दिनु पर्‍यो नि ५०० रुपैयाँ तिरेको छु तर शौचालय सफा छैन्।टिकट मूल्य ३ सय रुपैयाँ राखेको भए दर्शक संख्या बढेर खेलाडीलाई हौसला मिल्थ्यो, उनले थपे ।

सुदर्शन जिसी जसलाई  फुटबल असाध्यै मन पर्दछ।बुटवल स्थायी घर भएका  उनी हरेक जस्तो अन्तर्राष्ट्रिय खेल हेर्न दशरथ रंगशाला आउने गर्छन्। तर दशरथ रंगशालाको सेवा सुविधा भने सुधारिएको पाएका छैनन्।उनले भने, ‘एउटा खेल हेरेको ५ सय बढी नै भएको हो। ३ सय रुपैयाँ तोकेको भए खेल हर्ने दर्शकको भिड पनि हुने थियो।

’रंगशालाको प्याराफीटमा राखिएको दर्शक बस्ने सिट पनि सफा नभएकाले दर्शक आक्रोश बनेका थिए । कतिले लुगा फोहर हुने डरले पुरा खेल समय नै उभिएर खेल हेरे।

यस्तै गोरखा घर भएका रमेश कार्कीले नवयुगको दोस्रो गोल पछि ५ सय रुपैयाँ तिरेको पनि असुल भएको बताए। यस्तै गोल गर्ने हो भने अर्को खेल पनि सजिलै जित्न सक्ने बताए। उनले भने, ‘टिकट काटेपछि सिटमा बस्न पाइन्छ। तर यहाँको सिट हेर्दा बस्न लायकको नै छैन्। चराले दिसा गरेको छ। मान्छे हिँडेको पाइला सफा पनि गरेको छैन् यस्तो नि हुन्छ। पैसा तिरे पछि सफा त हुनु पर्‍यो नि।’

रकम महंगो भएर टिकट काटेर भित्र पस्न नसकेका दर्शक रंगशाला बाहिर पर्खाल र रुखमा बसेर फुटबल हेरिरहेका थिए। आजको खेलमा झन्डै २०० जना सुरक्षा कर्मी खटिएका थिए। 

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए।खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। अनन्तको यो नेपालका लागि तेस्रो गोल हो। त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को जित दिलाए। नेपालका लागि उनको यो आठौँ गोल हो। खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ। र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ। त्यस्तै चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्।

प्रकाशित: ८ चैत्र २०७९ १५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App