आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत यूएई विरुद्ध पपुवा न्युगिनी पिएनजीले पहिलो विकेट लिन सफल भएको छ।
कीर्तिपुर क्रिकेट मैदानमा जारी यो खेलमा जितको लागि २३५ रन पछ्याएको यूएईले ४ दशलमब २ ओभरमा पहिलो विकेट गुमाएको हो।
यूएईका आर्यन लाक्रा ४ रन बनाएर आउट भए । पहिलो विकेट झर्दा यूएईको २४ रन थियो। ताजास्थीतीमा यूएईले १० ओभरमा १ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ। यस अघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पिएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको हो। पिएजजीका लागि सबै भन्दा वढि कप्तान आसाद भालाले ९२ बलमा ६ चौक्का र १ छक्कासंगै ६५ रन बनाए । त्यसैगरी नोरम्यान भनुडाले ३१ बलमा १ चौक्का र ५ छक्कासंगै ४९ रनको योगदान दिए । त्यसैगरी रिले हुकुरेले ३३ केप्लीनले २४ रन बनाए। यूएईका लागि हजरात विलालले १० ओभरमा १ मेडन ओभर फाल्दै २० रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए ।त्यसैगरी रोहन मुस्ताफा र जवार फारदले एक एक विकेट लिए। श्रृखलाको अन्तिम खेल खेल्न लागेको पिएनजीले र यूएईले सिधै एकदिवसीय मान्यता गुमाई सकेको हुनाले आजको खेल दुवै टोलीलाई प्रतिष्ठाको लडाईं मात्रै हुनेछ।
युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन् ।युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ। पिएनजीले जितेको पाँच मध्य चार खेल युएईविरुद्ध छन् ।नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ। बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्।
प्रकाशित: १ चैत्र २०७९ ०८:५८ बुधबार





