२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

आइसिसी विश्वकप लिग–२ पिएनजी विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्ने

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत  सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा टस जितेको छ।  

क्रितिपुर क्रिकेट मैदानमा अहिले ९ ३० बजे देखि शुरु हुने यो खेलमा नेपालले पहिला  फिल्डिङ गर्ने निर्णय लिएको छ ।  

हिजो यूएईलाई पराजित गरेर आगमी चार बर्षका लागि एक दिवसीय मान्यता कायम गरेको नेपाल आज पिएनजीलाई हराउँदै सोझै विश्वकप छनौट खेलमा जान प्रयासरत रहने छ । अव दुई खेलमा दुई खेल जिते नेपाल विश्वकपको लागि छनौट हुनेछ ।यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ ।  

आज  तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झालाई बेन्चमा राखेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । नेपालले युएईसँगको खेलमा आफ्ना प्रमुख बलर करण केसीलाई विश्राम दिएको थियो । गुलशनले खेल्ने मौका पाउँदा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

नेपालले प्रतिश जि।सी, ज्ञानेन्द्र मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ ।

पिएनजीको प्लेइङ ११  

असद भाला कप्तान, किप्लिङ डोरिगा, चाल्स अमिनी, सेसे बाउ, हिरा भाले, हिरि हिरि, राइली हेकुरे, नर्मन भानुवा, सेमो कमिया, कबुवा मोरेआ र चाद सोफर ।

नेपालको प्लेइङ ११  

आसिफ शेख विकेटकिपर, कुशल भुर्तेल, करण केसी, रोहित पौडेल कप्तान, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने।

प्रकाशित: २९ फाल्गुन २०७९ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App