२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध भिड्दै नेपाल (VIDEO LIVE)

काठमाडौं—नेपाली फुटबल इतिहास लेखनको चरणमा छ। गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो। एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अबको पालो हो। 

मलेसियामा जारी एएफसी सोलिडारिटी कपअन्तर्गतको फाइनल खेलमा अहिले नेपाल र मकाउबीच खेल भइरहेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा हुने खेल नेपाल र मकाउबीचको यो छैटौं भेट हो। यसअघि दुर्इ देशबीच भएको ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्को १ मा हार व्यहोरेको थियो। एएफसी सोलिडारिटी कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइ बेकरमा ३–० गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित: ३० कार्तिक २०७३ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App