२८ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अन्तर विद्यालय हव लिग सरस्वती र बुढानिलकण्ठ सेमिफाइनलमा

विराटनगरमा जारी अन्तर विद्यालय हव लिग क्रिकेट प्रतियोगितामा सरस्वती र बुढानिलकण्ठ मावि सेमिफाइनलमा पुगेका छन्।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा जारी अन्तर विद्यालय हव लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो खेलमा सत्यनारायणले मनकामनालाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। सरस्वतीले समुह वि को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ३ बलमा सवै विकेट गुमाई ७२ रनको झिनो स्कोर खडा गरेको थियो। जसमा मनिष भगतले २० रन बनाउँदा अंकित मल्लीकले ११ रन बनाएका थिए। सरस्वतीका म्यान अफ द म्याच सुमन यादवले  ५ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ५ विकेट लिंदा शिभनन्दन यादव र रोहन मण्डलले समान २–२ विकेट लिए।

 ७३ रनको झिनो लक्ष्य पाएको सरस्वतीले १५ दशमलव ४ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो। जसमा रोहन मण्डलले अविजित १२ रन जोड्दा जोड्दा सुमन यादवले ११ रनमा अविजिच भए। मनकामनाका राजा मण्डलले ३ विकेट दिए। मंगलबारै भएको समुह ए कोे खेलमा बुढानिलकण्ठले बाल्मिकीलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बुढानिलकण्ठले ३ खेलमा २ मा जित र १ मा पराजित भई समुह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।  यता बाल्मिकीले १ मा जित र २ मा पराजित हुँदै प्रतियोगिताबाट बाहिरेको छ। टस जितेर ब्याटिङ गरेको बाल्मिकीले निर्धारित २५ ओभरको खेलमा १३ दशमलव १ बलमा सवै विकेट  गुमाई ६७ रनको स्कोर बनाएको थियो। जसमा सरोज साहले सर्वाधिक १० रन बनाए। बुढानिलकण्ठका इसान अलीले ४ विकेट र जिवन ढकालले ३ विकेट लिए।

 ६८ रनको विजयी लक्ष्य पछ्याएको बुढानिलकण्ठले १६ दशमलव ५ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। जसमा म्यान अफ द म्याच बुडानिलकण्ठका अर्नभ भट्टराईले अविजित ३८ रनको योगदान दिए। बाल्मिकीका कृष्ण साहले सर्वािक ३ विकेट लिए।

 लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: १६ फाल्गुन २०७९ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App