४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

फरक क्षमताको क्रिकेट टोली हरियाणा जाने

फरक क्षमता भएका खेलाडी सम्मिलित नेपाली क्रिकेट टोलीले भारतसँग तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने भएको छ। नेपालले घरेलु टोली भारतसँग हरियाणामा आगामी फागुन १९, २० र २१ गते तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला खेल्न लागेको हो। 

त्यसका लागि १५ जना पुरुष खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार भारतको हरियाणा जाने भएको छ। उक्त टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे। सदस्यसचिव घिसिङले फरक क्षमता भएर पनि सबलको जस्तै राष्ट्रका लागि योगदान गर्नु नै सराहानीय पक्ष रहेको उल्लेख गर्दै फरक क्षमता भएकाहरूको खेल प्रोत्साहनका लागि आफूले नीति बनाउने तयारी गरिरहेको बताएका थिए।  

सो अवसरमा ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पाले भारत जाने नेपाली टोलीलाई हन्ड्रेड स्पोट्सले पाँच लाख रुपैयाँ बराबरको प्रायोजन गरेको जानकारी दिए। सन्तोष भण्डारीको कप्तानीमा नेपालले भारतीय टोलीविरुद्ध खेल्दै छ।  

उक्त टोलीमा प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर मगर, रामबहादुर कुँवर, बालकृष्ण गिरी, इन्द्रसिंह डिसी, हेमबहादुर गुरुङ, छवि धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुञ्जविहारी चौधरी, तबरेज अन्सारी, कृष्णनन्दन कुमार र खुशलाल मिया छन्। नेपाली टोलीको प्रशिक्षकमा सुवास लुइँटेल, व्यवस्थापकमा अञ्जना मास्के र अफिसियलमा ह्विलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा छन्। नेपालले लामो समयदेखि तयारी गरेकाले उक्त शृंखला सुखद रहने संघका अध्यक्ष शेर्पाले बताए।  

प्रकाशित: १५ फाल्गुन २०७९ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App