दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष क्रिकेटतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) विजयी भएको छ।
कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ विजयी भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १५४ रन बनायो।
एपिएफका लागि ओपनर दिपक बोहोराले सर्वाधिक ५७ रनको पारी खेले। ४४ बलको सामना गरेका उनले तीन छक्का र चार चौका प्रहार गरे।
यस्तै सुमित महर्जनले २८ रनको योगदान दिए। २१ बल खेलेका उनले तीन चौका प्रहार गरे। यस्तै अमरसिंह रौतेलाले १६, प्रज्वल शाहीले आठ, सन्तोष यादवले छ, युवराज खत्रीले पाँच, भुवन कार्कीले तीन तथा अर्सद अहमदले दुई रन बनाए। आर्मीले १८ अतिरिक्त रन पाएको थियो।
१५५ रनको विजय लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।
कोशीका लागि अंकित सुवेदीले ५२ रन बनाएपनि टीमलाई जित दिलाउन सकेनन्। ३९ बलको सामना गरेका उनले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए।
यस्तै कृतिक कामतले ३८ बलमा २७ रन बनाए। उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए। कोशीका समिर कार्कीले ११, विपिनकुमार महतोले आठ, सोनु अन्सारीले छ र दिपेश कँडेलले पाँच रन बनाए। गण्डकीले २२ अतिरिक्त रन प्राप्त गरेको थियो ।
एपिएफका अमर सिंह रौतेलाले तीन ओभर बलिङ गरेर १७ रन खर्चिदै महत्वपूर्ण तीन विकेट लिए। यस्तै अविनाश बोहराले दुई र सन्तोष यादव र भुवन कार्कीले एक–एक विकेट आफ्नो नाममा पारे।
प्रकाशित: ११ मंसिर २०८३ १३:३३ शुक्रबार





