१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

आइसीसी यु–१९ क्रिकेटमा नेपाल र हङकङबीच खेल शुरु,नेपालले एक विकेट झार्यो

युएइमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट क्रिकेट प्रतियोगितामा नेपाल र हङकङबीचको खेल शुरु भएको छ । दोश्रो ओभरमै नेपाललाई एक विकेट हात लागेको छ । नेपालका शुरुवाती बलर हेमन्त धामीले  २ ओभर ३ वलमा हङकङका अरेज दरलाई आउट गरे।  

यस अघि हङकङले टस जितेर पहिला व्याटिङ रोजेको हो।  

ताजस्थीतीमा हङकङ ५ ओभरमा  १ विकेट गुमाएर ८  रन बनाएर खेलिरहेको छ।  

नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा शुक्रवार सिंगापुरलाई र दोस्रो खेलमा शनिवार कुवेतलाई पराजित गरेको थियो। हङकङ भने दोस्रो जितको खोजिमा छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा युएइसँग पराजित भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७९ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App