१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

२४ वर्षपछि नवआर्दशलाई क्लबस्तरीय नकाउट फुटबलको उपाधि

आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता विजेता नवआदर्श सामुदायिक विकास। तस्बिर/नागरिक

पोखरामा नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगितले निरन्तरता पाएको छ। पोखरा–१३ संगम क्लबले तीन वर्षपछि फेरी फुटबल प्रतियोगितालाई निरन्तरता दिदैं मोफसलको फुटबल विकासमा नयाँ टेवा पुग्ने अपेक्षा गर्दै आफना पूर्व स्टार ‘विल तामाङ’को स्मृतिमा क्लबस्तरीय फुटबल आयोजना गर्यो। क्लबको आठौं संस्करणको प्रतियोगिता हुँदा विल स्मृति भने पहिलो थियो। तामाङ पोखराका चर्चित फुटबलर हुन्। उनको दुई वर्ष अघि कोरोना संक्रमणबाट निधन भएको थियो।  

संगम क्लबले आयोजना गरेको आठौं संस्करणको फुटबल प्रतियोगिताको उपाधि नवआदर्श सामुदायिक विकास समाज पोखरा–१९ लामाचौरले जित्यो। कास्की जिल्ला फुटबल संघमा आवद्ध १६ वटा क्लबले प्रतिस्पर्धा गरेका थिए। नवआदर्श सामुदायिक विकास समाजले नकाउट फुटबल प्रतियोगिताको उपाधि २४ वर्षपछि जित्यो। क्लबले कोरोना अघि नै सातौं संस्करण आयोजना गरेको थियो। कोरोनापछि  एन्फा कास्कीमा आवद्ध पहिलो क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि नवआर्दशले उचाल्दै फुटबलमा पुनरागमन गर्यो। नवआर्दशले २४ बर्ष अघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लव स्तरिय लिग फुटवलमा उपाधि जितेको थियो।  

नवआदर्शले सातौं संस्करणको संगम कप विजेता एलजी एशोसियसनलाई ३–२ गोलले पराजित गर्दै १ लाख ७५ हजार राशीको पुरस्कारमा हक जमायो। नव आर्दशको जितमा सागर राई र सुशान्त गुरुङले १–१ गोल गरे । अर्को गोल उपहार पाउँदै भाग्यमानी बनेको नवआदर्शलाई त्यही गोलले उपाधि दिलायो। एलजीका लागि आशिष गुरुङले दुई गोल गरे  एल.जीले नगद एक लाखको रुपैयाँ प्राप्त गर्यो।  

खेलको नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाए। २० औ मिनेटमा एलजीका संजय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो। ३६ औं मिनेटमा आशिषले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए। खेलको ६५ औं मिनेटमा नव आदर्शका सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गरेको गोलले नव आदर्शलाई २४ बर्ष उपाधि दिलायो। फाइनल खेलमा नव आर्दशका सुसान्त गुरुङ म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगितामा नव आर्दशका शुसान्त गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट स्टाइकरमा एल.जी.का आसिस गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.जी.कै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आर्दशका अनुज भण्डारी घोषित भएभने उत्कृष्ट गोलरक्षकमा नव आर्दशका आशिस केसी घोषित भएको प्रतियोगिताका म्याच कमिस्नर खिमबहादुर गुरुङले बताए। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनहि ५–५ हजार रुपैयाँको साथमा ट्रफी पुरस्कार प्रदान गरिएको छ।  

विजयी खेलाडीहरुको टोलीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बानियाँ, अखिल नेपाल फुटवल संघ(एन्फा) कास्कीका अध्यक्ष उज्जल रन्जित, एन्फा कास्कीका पूर्व उपाध्यक्ष एवं सहारा क्लवका पूर्व अध्यक्ष बिक्रम थकाली, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारी लगायतले पुरस्कार प्रदान गरेका थिए । संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो। पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले प्रतियोगिता आयोजना गरेको थियो।  

प्रकाशित: १४ फाल्गुन २०७९ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App