७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ।

धनगढीस्थित प्रहरी बहुउद्देशीय हलमा सम्पन्न फाइनल खेलमा बुटवलको लाफा समूहका विवेक न्यौपाने र मनोज भौदारको जोडीलाई पराजित गर्दै आर्मीको टिमले एक लाख २१ हजार रुपैयाँ नगद, ट्रफीसहित उपाधि जितेको हो। प्रतियोगितामा लाफा समूहको न्यौपाने र भौदारको टिम उपविजेता बन्दै ७१ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ।

खुलातर्फ पोखराका विशाल बस्नेत र प्रविन सिंह एवं काठमाडौँका दीपक राना र राम मल्ल ठकुरीको जोडीले तृतीय स्थान हासिल गरेको छ। उक्त तृतीय स्थान हासिल गर्ने टोली ५१ हजार रुपैयाँ नगदरसहित पुरस्कृत भएको आयोजक प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष राजेन्द्र बमले जानकारी दिए।

त्यसैगरी ४५ वर्ष उमेर समूहमाथिको भेट्रान ब्याडमिन्टन प्रतियोगितामा नेपालगञ्जका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडीले जितेको छ। प्रतियोगिताको फाइनलमा बर्दघाटका बेल छन्त्याल र कर्ण विकको टिमलाई पारजित गर्दै श्रेष्ठको जोडी उपाधि विजेता बनेको हो।

उक्त संस्करणको विजेता श्रेष्ठको टिमले ५१ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र र उपविजेता छन्त्यालको टिमले ३१ हजार रुपैयाँ नगद प्राप्त गरेको छ भने भेट्रानतर्फ धनगढीका शैलेन्द्र श्रेष्ठ/वीरेन्द्र विष्ट र केशव भट्ट र भोजराज भट्टले तृतीय स्थान हासिल गर्दै २१ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन्।

त्यसैगरी प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी’ लेबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका गणेश मिश्रा र सिछराज ओझाको जोडीले जित्दै ३१ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएको छ। सो प्रतियोगितामा ‘बी लेवल’तर्फ कपिल बम र कमाण्डौ कठरियाको जोडी उपविजेता बन्नुका साथै केशव भट्ट/भोजराज भट्ट  र नरेन्द्र चन्द र गणेश कठायतले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ।

उपविजेता टिमले २१ हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने टिमले ११ हजार रुपैयाँ नगद, ट्रफीसहित पुरस्कृत भएका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल एक सय टिमको सहभागिता रहेको प्रहरी पब्लिक ब्याडन्टिन क्लब कोषाध्यक्ष बमले जानकारी दिए।

धनगढीका प्रतिष्ठत व्यवसायी एवं ब्याडमिन्टनका अग्रज खेलाडी चेतराज जोशीले आफ्ना स्व बुवा धर्म र आमा पशुपतिको स्मृतिमा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका थिए। रासस

प्रकाशित: १४ फाल्गुन २०७९ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App