२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोको ह्याट्रिक गोल

साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा अल नसरले डामाकलाई हराएको छ।

गए राति सम्पन्न खेलमा नसरले डामाकलाई ३-० गोल अन्तरले हराएको हो। खेलको १८ औं मिनेटमा रोनाल्डोले पेनाल्टी गोल गर्दै नसरलाई सुरवाती अग्रता दिलाएका थिए। २३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे।

त्यसपछि खेलको ४४ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा नसरले ३-० को जित निकाल्यो। जितसँगै नसर १८ खेलमा ४३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App