७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी भएको छ।  

शनिबार यूएईस्थित मलिका क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी भएको हो।  

कुवेतलाई नेपालले जितको लागि ३ सय ४४ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन बनाएको छ।

कुवेतका लागि क्रिस्टोफर सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाए। किसोरी भाइ हिन्सु १६ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो।  

नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका थिए।  कप्तान खनालले १ सय १७ बलमा ९ चौका तथा ३ छक्काको सहयोगमा १ सय २५ रन बनाए। ओपनर अर्जुन कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १ सय ८ रन बनाउदै आउट भएका थिए। 

अर्जुन कुमाल र कप्तान देव खनालबीच तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी भएको थियो। 

 विशाल बिक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दिपक डुम्रे १६ बलमा २० रनमा अविजित रहे।  दिपक बोहोराले ९ बलमा १९ रन बनाए।

नेपालका ओपनर दिपक बोहोरा १३ तथा शुक्रबार सिंगापुरविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका आकास त्रिपाटी ३ रनमा आउट भए। 

कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २र२ तथा जय महेशकुमार मेहता १ विकेट लिए। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। कुवेत भने पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा कुवेत हङकङसँग पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।

नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू९१९ विश्वकपका लागि छनोट हुनेछ। 

प्रकाशित: १३ फाल्गुन २०७९ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App