६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुर्य नेपाल गल्फ टुरः सञ्जय लामाको टोलीलाई प्रो–एम उपाधि

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्पर्धाको उपाधि प्रोफेसनल गल्फर सञ्जय लामाको टोलीले जितेको छ।

शनिबार पोखरा–१४ छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रो–एम प्रतिस्पर्धामा लामाको टोलीले १३८ को स्कोरसहित उपाधि जितेका हुन। लामा(३४) टोलीमा एमेच्योर खेलाडीमा पोखराका राजु थकाली (३५), सन्तोष गुरुङ(३५) र ब्रिगेडियर जनरल सुदर्शन सिल्वाल(३४) रहेका थिए।

त्यसैगरी निरज तामाङको टोली उपविजेता बन्यो। टोलीले १२३ को स्कोर बनायो। टोलीमा महिला गल्फर सुष्मा सिग्देल(३२, दिपक कार्की(३०) र अर्जुनकुमार कार्की (२९) सहित दोस्रो स्थानमा रहे।

तेस्रोस्थानमा भने बलबहादुर राई(२८)को टोली आउन सफल भयो। टोलीमा राजेन्द्र गौचन(२८), सन्देश सिग्देल(२८) र रविन्द्र तिवारी(२८) सहित समग्रमा १०७ स्कोर जोड्दै तेस्रो स्थान चिक्त बुझायो। स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा प्रो–एमकै प्रतिस्पर्धामा व्यक्तिगत सर्वाधिक स्कोर भने सुष्मा सिग्देलको रह्यो। उनले ३२ अंकको कार्ड बनाईन् । त्यसैगरी लङ्गेष्ट ड्राईभमा प्रकाश गुरुङ र क्लोजेष्ट टु दि पीनको पुरस्कार दिपक कार्कीले जिते।

प्रो–एम प्रतिस्पर्धासँगै सुर्य नेपाल गल्फ टुरको पोखरा सिजन टुंगिएको छ। सिजनको उपाधि भने शुक्रबहादुर राईले गएको शुक्रबार उचाले। उनले निकै कठिन मानिने पोखराको हिमालयन गल्फ कोर्षमा दोस्रो पटक उपाधि आफनो नाममा लेखाए। हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको ९ अण्डरको कीर्तिमान छ। श्रेष्ठले पार ७० को कोर्ष हुदाँ कीर्तिमानी राखेका हुन् । अहिले कोर्ष पार ६९ को बनाइएको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App