१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

संघीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन्।  

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० को   ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो। अब देशको सुशासन र संघीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ।’

उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए। ‘आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ। हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो। तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ’, उनले भने। उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने  आश्वासनसमेत दिए।  

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए। उनले भने, ‘यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ। पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुनेहो।’  

कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पुर्‍याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो। ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचार वाचिका रमिता लामा र नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। फोनिजले अहिलेसम्म दश  पत्रकारलाई पुरस्कृत गरेको छ। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App