२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

‘पाँचौँ राष्ट्रपति खेलकुद’ मा एघार स्वर्णसहित साकेला प्रथम

विजेता साकेला माविलाई राष्ट्रपति रनिङ सिल्ड हस्तान्तरण गर्दे प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र गाउँपालिका अध्यक्ष राई। तस्विरः महेश्वर

खोटाङको साकेला गाउँपालिकामा भर्खरै सम्पन्न ‘पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ मा साकेला माध्यमिक विद्यालय रतन्छा ११ स्वर्णसहित १८ पदक प्राप्त गर्दै प्रथम हुन सफल भएको छ। 

आइतबारदेखि बुधवारसम्म सञ्चालित प्रतियोगितामा विभिन्न विद्यालयहरूलाई पछि पार्दै साकेला मावि रनिङ सिल्ड ओगट्न सफल भएको हो।

प्रतियोगितामा ६ स्वर्ण १० रजत र ४ कास्य पदकसहित सरस्वती मावि मात्तिम दोस्रो भएको छ भने तेस्रो स्थान पाउन सिद्धेश्वरी मावि खिदिमाले १ स्वर्ण र ३ कास्य पदक लिनु परेको छ। प्रतियोगितामा २ रजत र ४ कास्यसहित बालबालिका मावि चौथो र १ रजत तथा ५ कास्य प्राप्त गर्दै राधाकृषण मावि बाँझेच्यानडाँडाले पाँचौँ स्थान पाएको छ।

छात्र भलिबलतर्फ सरस्वती माविले स्वर्ण पाउँदा, साकेला माविले रजत र बालबालिका माविले कास्य पदकमा चित्त बुझाउनु परेको छ। छात्रा भलिबलतर्फ साकेलालाई स्वर्ण र सरस्वतीलाई रजत तथा सिद्धेश्वरी माविले कास्य पदक प्राप्त गरेको आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

एथलेटिक्समा छात्रहरुबीचको हाई जम्प प्रतिस्पर्धामा सरस्वती माविका सुनिल खत्री प्रथम भए भने बालबालिका माविका रोशन विक र साकेलाका कवीराज खत्री क्रमशः दोस्रा र तेस्रा भए। छात्रातर्फ सिद्देश्वरी माविकी युनिया राई, राधाकृष्ण माविकी रेनुका हिङ्माङ र बालबालिका माविकी सुमिला तामाङ प्रथम, दोस्रा र तेस्रा भएका छन्। 

त्यस्तै लङजम्पमा छात्रतर्फ साकेला माविका सुनिम राई, सरस्वतीका विवेश खड्का र बालबालिकाका मन्देश लामा क्रमशः प्रथम, दोस्रा र तेस्रा हुँदा छात्रातर्फ साकेलाकी सुलना राई, सरस्वतीकी सक्षम राई र बालबालिकाकी सुर्जना सुनार पहिला, दोस्रा र तेस्रा भए।

एथ्लेटिकसकै सटफूटतर्फ सरस्वतीका शिशिर कटवाल, बालबालिकाका प्रदिप राई र साकेलाका कविराज खत्री प्रथम, दोस्रा र तेस्रा हुन पुगे भने छात्रातर्फ साकेलाकी लक्ष्मी कटवाल, साकेलाकै अमिता बानिया र सिद्धेश्वरीकी रितिका राई प्रथम, द्वितीय र तृतीय भए।

सय मिटर दौडमा छात्रतर्फ साकेलाका सुनिम राई, सरस्वतीका सुनिल खत्री र सरस्वतीकै विवेक खड्का क्रमशः प्रथम, दोस्रा र तेस्रा हुन पुगे भने छात्रातर्फ साकेलाकी सुलना राई, सरस्वतीकी सक्षम राई र राधाकृष्णकी विपना दर्नाल प्रथम, दोस्रा र तेस्रा भए।

यसै गरी दुई मिटर दौडमा छात्रतर्फ साकेलाका सुमिन राई, सरस्वतीका पासुहाङ राई र सरस्वतीका दिपक दाहाल प्रथम, दोस्रा र तेस्रा भए भने छात्रातर्फ साकेलाकी अनुका राई, सरस्वतीकी सक्षम राई र राधाकृष्ण माविकी कमला श्रेष्ठ प्रथम, दोस्रा र तेस्रा भएका छन्।

त्यस्तै चार सय मिटर दौडमा छात्रतर्फ सरस्वतीका विक्रम खत्री, साकेलाका तयाहाङ राई र राधाकृष्णका ज्ञानदिप राई क्रमशः प्रथम, दोस्रा र तेस्रा भएका छन्। छात्रातर्फ साकेलाकी अनुका राई, सरस्वतीकी बबिता विष्ट र सरस्वतीकी दिपा राई क्रमशः प्रथम, दोस्रा र तेस्रा भए।

त्यस्तै आठ मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई, सरस्वतीका विक्रम खत्री र सरस्वतीकै मौसम राई प्रथम, दोस्रा र तेस्रा हुँदा रिलेदौडतर्फ ४ गुणा १०० मिटरमा छात्रतर्फ सरस्वती प्रथम, साकेला दोस्रो र राधाकृष्ण मावि तेस्रो भएका छन्। छात्रातर्फ साकेला प्रथम र सरस्वती दोस्रो हुँदा राधाकृष्ण मावि तेस्रो भएको छ। ४ गुणा ४०० मिटर दौडमा छात्रतर्फ सरस्वती, साकेला र सिद्धेश्वरी क्रमशः प्रथम, दोस्रो र तेस्रो भएको आयोजक गाउँपालिका युवा तथा खेलकुद विकास समितिले जनाएको छ।

प्रतियोगिता समापन समारोहमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विजयी खेलाडी तथा विद्यालयहरूलाई सिल्ड, प्रमाणपत्र र पुरस्कार प्रदान गरे। अध्यक्ष राईले आफ्नो कार्यकालमा खेलाडीको सम्मान र उच्च मूल्याङ्कन गर्दै क्षमतावान खेलाडीहरूको खेल स्तरोन्नति गर्न गाउँपालिकाले ठोस नीति र कार्यक्रम बनाएरै वार्षिक योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

आगामी ५ वर्षे आफ्नो कार्यकालभित्र गाउँपालिकालाई पूर्ण डिजिटल प्रविधियुक्त बनाउँदै सम्पूर्ण नागरिकका आधारभूत सेवा सुविधा अनलाइन माध्यमबाट उपलब्ध गराउने बताए।  

गाउँका कुनाकाप्चामा रहेका खेलाडी प्रतिभाहरूको पहिचान गरी त्यस्ता प्रतिभाको उजागर गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियकरण खेलाडी बनाउन उचित संरक्षण र विकास गर्न गाउँपालिकाले आवश्यक नीति अवलम्बन गर्ने पनि उनको उद्घोष थियो। राष्ट्रपति रनिङ सिल्डबाट छनौटमा परेका प्रतिभावान खेलाडीहरूको प्रोत्साहन र स्तर बृद्धि गर्न गाउँपालिकाले माथिल्लो निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता पनि अध्यक्ष राईले व्यक्त गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७९ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App