२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौंः ज्ञानेन्द्र मल्ल

नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन्। 

शनिबार नामिवियाबिरुद्ध  ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्‍याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन्। यस्तै उनले नयाँ प्रशिक्षको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताए। 

ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताए। उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद नतिजा निकाल्न सहयोग मिलेको बताए। लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताए।

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताए। अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखी देखिएका आसिफले शनिवारको खेलमा रन बनाउन सक्दा खुसी लागेको प्रतिक्रिया दिए। नेपालले लगातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भुमिका निकै राम्रो भएको बताए।

ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिवार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ। यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ। 

प्रकाशित: ६ फाल्गुन २०७९ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App