२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ, ज्ञानेन्द्र र कुशलले पुरा गरे अर्धसतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन्।  

शनिबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशलले  ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको तेस्रो एकदिवसीय अर्धशतक हो।  

यस्तै उक्त खेलमा शेखले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए। यस्तै, मल्लले ६४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाएर अर्धशतक पुरा गरेका थिए।  

यो सँगै नेपालले  ४२ ओभरमा  ३ विकेट गुमाएर २ सय  ५३ रन बनाएको छ। नेपालका कुशल भुर्तेल १ रन र अर्का ओपनर आसिफ शेख ८१ रनमा आउट भएका थिए।

क्रिजमा अहिले कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी रहेका छन्। मल्ल ५२ रनमा अविजित रहँदा ऐरी १९ रनमा अविजित रहेका छन्।

कुशलको एकदिवसीय अन्तराष्ट्रियमा तस्रो अर्धशतक हो।  टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले  ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो।  

नामिबियाका लागि ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेलेका थिए। उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए।

फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भएका थिए। सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुकेका थिए।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए।

कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए। नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन्। उनले २३ खेलबाट ५१ विकेट लिएका छन्। त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए।

प्रकाशित: ६ फाल्गुन २०७९ १०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App