२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

दिपेन्द्रको लिग २ मा पहिलो अर्धशतक, एकदिवसीयमा दास्रो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।  

शुक्रबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि दिपेन्द्रले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो दिपेन्द्रको दास्रो एकदिवसीय अर्धशतक हो भने विश्वकप लिग टूमा यो पहिलो अर्धशतक हो।  यो सँगै नेपालले ३०.५ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ।  

नेपालका कुशल भुर्तेल १६ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए। कुशल मल्ल ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाएर आउट भए भने ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पनि पूरा गरे।  छैटौं विकेटका लागि कुशलले दिपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरे।  

क्रिजमा अहिले गुल्सन झा र दिपेन्द्र सिंह ऐरी रहेका छन्। झा ३ रनमा अविजित रहँदा ऐरी ५० रनमा अविजित रहेका छन्।

दिपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो। उनले एक शतक समेत प्रहार गरेका छन्।

प्रकाशित: ५ फाल्गुन २०७९ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App