२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नामिबियाविरुद्ध स्कटल्याण्डको शानदार जित

फाइल तस्बिर

ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधबार स्कटल्याण्डले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नामिबियाले दिएको  एक सय ५४ रनको लक्ष्य स्टकल्याण्डले २२.१ ओभरमा बिना कुनै क्षती पूरा गरेको हो। स्कटल्याण्डका लागि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्का सहयोगमा अविजित १ सय ३ रनको पारी खेलेका हुन्। यस्तै अर्का ओपनर ओपनर काइल कोट्जर अर्धशतकीय पारी खेल्न चार रनले चुके। उनले ७२ बलमा ७ चौकाको मद्दतमा अविजित ४६ रन जोड्न सफल भए।

यससँगै नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिति त्रिकोणात्मक श्रृंखलामा नामिबियाले लगातार दोस्रो हार भोगेको छ । यसअघि मंगलवार आयोजक नेपालसँग २ विकेटले पराजित भएको थियो।

यसअघि टस हारेर पछि ब्याटिङको निम्तो पाएको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५३ रन जोडेको थियो। नामिबियाका ओपनर लो हेन्डर लोहोरेन्सले ८८ बलमा पाँच चौकाको सहयोगमा व्यक्तिगत ५४ रनको पारी खेलेका थिए। बर्नाड स्कोल्चले ३० र जेन ग्रिनले २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। मंगलबार नेपालविरुद्ध शतक पूरा गरेका मिकेल भान लिंगेनले चार रनमा पवेलियन फर्किन पुगेका थिए।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका लियस्कले सर्वाधिक ४ विकेट लिए। उनले ८.२ ओभरमा २४ रन खर्चिएका थिए। यस्तै मार्क वाट् र सफियान सासिफले समान तीन विकेट निकाल्न सफल भए। ९ ओभर बलिङ गरेका मार्क वाट १ मेडन ओभर राख्दै ३० रन खर्चिंदा सफियान सासिफले ८ ओभरमा २ मेडन ओभर राख्दै २९ रन खर्चिएका थिए।

यससँगै स्कटल्याण्ड ३३ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो,३२ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ। पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ भने छैटौं स्थानको नेपालको २५ खेलमा २० अंक छ। सातौं स्थानको पपुवान्युगिनीको २८ खेलमा ५ अंक छ।

त्रिकोणात्मक श्रृंखलामा अब यी दुई टोलीबीच आगामी सोमवार हुनेछ भने शुक्रवार नेपाल र स्कटल्याण्डबीच पहिलो खेल हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०७९ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App