आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत नामिवियाविरुद्ध नेपालले दुई विकेट लिएको छ। सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका हुन्।
उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै विकेट लिएका हुन्। सन्दीप एघारौ ओभरमा बलिड गर्न आए । उनको पहिलो बलमा नामिवियाका भान लिडगेनले एक रन लिए । दोश्रो बलमा उनले कार्ल विनकेन स्टोकलाई बोल्ड आउट गरे ।
उनले विकेट लिए पछि आँखाबाट आँसु झारेर भावुक भए पछि लामिछानेलाई अन्य खेलाडीहरुले सान्त्वना दिए । तेश्रो बलमा उनले एक विकेट खर्चे भने चौथो र पाँचो बलमा कुनै रन दिएनन् । अन्तिम बलमा एक रन खचर्रे समग्रमा उनले आफुले गरेको पहिलो स्पेलमा ३ रन खर्चेर १ विकेट लिए पछि मैदानमा रहेका उनका सर्मथक उत्साहीत भएका थिए । सोम्पाल कामीले तेस्रो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए।
सन्दीप करिब ५ महिनापछि नेपाली टोलीमा परेका हुन्।नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले उनको निलम्बन फुकुवा गरेको थियो।
प्रकाशित: २ फाल्गुन २०७९ ०४:१२ मंगलबार