२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

माउन्ट सेब र भीमेश्वर विजयी

माउन्ट सेब र भीमेश्वर एकेडेमीले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन्।

माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित गर्‍यो। विजयी टोलीका लागि जेम्स खड्काले २ तथा आरोहण श्रेष्ठले १ गोल गरे। अर्किड ‘बी’ का आशिष बस्नेतले १ गोल गरे। भीमेश्वरले नाम्सलाई १–० ले हरायो। कस्मिक ढुंगेलले निर्णायक गोल गरे। अन्य खेलमा साम्तेन र विद्या विकासले सफलता पाए। साम्तेनले गणेश हिमाललाई ३–२ गोलले पाखा लगायो। साम्तेनका अनुराग राईले २ तथा कुञ्जन शेर्पाले १ गोल गरे। गणेश हिमालका पेङनिमा शेर्पा र फिरोज पौडेलले समान एक गोल गरे। विद्या विकासले न्यु स्टार पोललाई १–० ले पन्छायो।

प्रकाशित: २ फाल्गुन २०७९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App