१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

रियल म्याड्रिड पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन

साउदी अरेबियको अल हिलालमाथि जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन बनेको छ।

शनिबार राति प्रिन्स अब्देल्लाह स्टेडियममा भएको फाइनलमा अल हिलाललाई ५-३ गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले दुई/दुई गोल र करिम बेन्जिमाले एक गरे। अल हिलालका लुसियानो भिट्टोले दुई गोल गर्दा मोउसा मरेगाले एक गोल गरे।

खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। १८ औं मिनेटमा फेडेरिकोले रियललाई दोब्बर अग्रता बनाए। २६ औं मिनेटमा मोउसाले गोल गर्दै हिलाललाई २-१ को स्थितिमा ल्याए।

खेलको ५४ औं मिनेटमा बेन्जिमाको गोलमा रियल अग्रता ३-१ को स्थितिमा रह्यो। ५८ औं मिनेटमा फेडेरिकोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ४-१ को अग्रता दिलाए। भिट्टोले ६३ औं मिनेटमा गोल गर्दै हिलाललाई ४-२ को स्थितिमा ल्याए। ६९ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-२ ले अघि रह्यो। त्यसपछि खेलको ७९ औं मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गरे।

प्रकाशित: २९ माघ २०७९ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App