९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी महिला टी-ट्वान्टी विश्वकप आजबाट

आईसीसी महिला क्रिकेट विश्वकप २०२२ को ट्रफीसँगै महिला कप्तानहरू। तस्बिरः आईसीसी

आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकप आज शुक्रबारबाट दक्षिण अफ्रिकामा सुरु हुँदैछ।  

आजको उद्घाटनको दिन समूह ‘ए’ का आयोजक दक्षिण अफ्रिका र श्रीलंका प्रतिस्पर्धा गर्दै छन्। नेपाली समयअनुसार बेलुका १०ः४५ बजेबाट सुरु हुने खेल केपटाउनको न्युल्याण्डस्मा हुनेछ।

१० टोली सहभागी भएको प्रतियोगिता २६ फेब्रुअरीसम्म हुनेछ। १० टोलीलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साविक विजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा इंग्ल्याण्ड,वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन्।

प्रकाशित: २७ माघ २०७९ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App