१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सातदोबाटो युथ विजयी

काठमाडौं- सातदोबाटो युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आइतबार जित हासिल गरेको छ। बाँसबारीलाई १–० ले हराउँदै सातदोबाटो अंकतालिकाको छैटौं स्थानमा पुगेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सातदोबाटोका लागि कृष्ण रुम्बाले ८१औं मिनेटमा गोल गरे। उनी ४१औं मिनेटमा मैदानमा छिरेका थिए। उनले सिन्का तामाङलाई प्रतिस्थापन गरेका थिए।

लिगको ८ खेल खेलेको सातदोबाटोले १३ अंक जोडेको छ। टोली४ जित र १ बराबरी नतिजा निकालेको छ। पुल्चोक र सातदोबाटोको समान १३ अंक भएपनि गोलभिन्नतामा पुल्चोक पाँचौं स्थानमा छ।

यसैगरी १० अंक जोडेको बाँसबारी नवौं स्थानमा छ। आइतबार अर्को खेलमा डिभाइन ब्वाइज युनियन र नयाँबस्ती युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।१२ अंक जोडेको ब्वाइज युनियन आठौं र ७ अंकसहित नयाँबस्ती १०औं स्थानमा पुगेका छन्।

जारी लिगमा एनआरटी १७ अंकसहित लिगको शीर्ष स्थानमा छ। श्रीकुमारी क्लबसँग पनि समान १७ अंक छ। तर गोलभिन्नताका आधारमा टोली एक स्थान पछाडि छ। च्यासल युथ १६ अंकसहित तेस्रो स्थानमा छ।  

प्रकाशित: ३ आश्विन २०७३ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App