२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय फेन्सिङ खुलामा एपीएफ, जुनियरमा गण्डकी च्याम्पियन

राष्ट्रिय फेन्सिङ(ईपी इभेण्ट)मा विजेता खेलाडीहरु। तस्बिर/नागरिक

पोखरामा आयोजित राष्ट्रिय फेन्सिङको ईपी इभेण्ट प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल च्याम्पियन बन्दा जुनियर तर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ।  

पोखरा रंगशालामा भएको राष्ट्रिय फेन्सिङ अन्तर्गत ईपी प्रतिस्पर्धमा महिला तर्फ सशस्त्र प्रहरी बलकी सारदा मल्ल च्याम्पियन भईन। उनले गण्डकी प्रदेशकी कृपा गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेकी हुन्। सुदुर पश्चिमकी रेस्मा जैसी तेस्रो हुदाँ एपीएफकी अनिता कार्की पनि तेस्रो स्थानमा रहिन्।  

पुरुष तर्फको प्रतिस्पर्धा सशस्त्र प्रहरीबलका सागर थापा च्यापिम्पयन बने। उनले गण्डकी प्रदेशका प्रशान्त गुरुङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका प्रकाश कुँवर तेस्रो स्थानमा रहे।  

पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगितामा जुनियर पुरुष र महिला विधामा गण्डकी प्रदेशले स्वर्ण जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार भएको प्रतियोगितामा जुनियर पुरुष (यू–२०)तर्फ नवराजजंग कार्की र महिलातर्फ क्रिपा गुरुङले स्वर्ण जितेका हुन्।  

पुरुषतर्फ गण्डकीकै प्रशान्त गुरुङले रजत, गण्डकीका सचिन खत्री र बागमती प्रदेशका राहुल दर्शनले कास्य जिते । महिलातर्फ सुदूरपश्चिम प्रदेशकी रेश्मा जैसीले रजत, प्रदेश १ का शान्त विक र सञ्जिवनी चौधरीले कास्य जिते।  

कास्की जिल्ला फेन्सिङ संघको प्राविधिक तथा व्यवस्थापनमा आयोजित प्रतियोगितामा गण्डकी, बागमती, सुदूरपश्चिम, प्रदेश १, एपीएफका सहित ६० खेलाडीको सहभागिता रहेको थियो। महिला तथा पुरुष विजेता खेलाडी १५, १० तथा ५/५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो। विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सदस्य प्रकाश बराल, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार एवं नेपाल फेन्सिङ संघका पदाधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए। 

प्रकाशित: २२ माघ २०७९ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App