८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

नर्गिमाको प्रेरणामा न्यु इरा विजयी

नर्गिमा तामाङको प्रेरणामा न्यु इराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा शनिबार जित हात पारेको छ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा नर्गिमा तामाङको प्रेरणामा न्यु इराले क्लिन्टनलाई २०–१० ले पराजित गर्‍यो। न्यु इराकी नर्गिमाले १४ स्कोर गरिन्। अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ ले हराए। काष्ठमण्डपकी आस्मा अर्यालले ७, रिब्सकी नन्सिता लिम्बुले ४ र एक्सेल्सियरकी साम्तेन डोल्मा लामाले ४ अंक जोडे।

सिनियर ब्वाइज बास्केटबलमा नेपालयले रातो बंगलालाई २५–२२, ओएसिसले क्लिनटनलाई ३६–१८ र एलआरआईले एपेक्स लाइफलाई १८–१२ ले पाखा लगाए।

नेपालयका विजेन थापा मगरले १३, ओएसिसका रेवन राईले २३ र एलआरआईका जयन गिरीले १२ अंक बटुले। यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्डले एक्सेल्सियरलाई ५–१ र रिब्स ‘ए’ लाई २–०, श्री सञ्जय साइले रिब्स ‘बी’ लाई १–० तथा न्यु इराले एक्सेल्सियर नीलोलाई ४–० र रिब्स ‘ए’ लाई ३–० गोलले पराजित गरे।

यु–१२ ब्वाइज फुटबलमा एक्सेल्सियरले श्री सञ्जय साइलाई ३–१ गोलले हरायो। एक्सेल्सियरका कृष पाण्डेले दुई तथा साहिलराज थापाले एक गोल गरे। सञ्जय साइका इशान चौलागाईंले एक गोल फर्काए।

प्रकाशित: २२ माघ २०७९ ००:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App