१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नविता र रविना फाइनलमा

राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा नविताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन्। रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६ र ११–९ को सेटमा हराइन्।

 ललितपुर जिल्ला टेबल टेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रहरीका विनेश खनियाँ र ग्लोबल टेबल टेनिस एकेडेमी, भारतका सन्तोष कुमारले उपाधि भिडन्त पक्का गरे। विनेशले ग्लोबलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९ र ११–८ ले तथा सन्तोषले वाइल्ड कार्ड, भारतका प्रसन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३ र ११–९ को सेटमा पाखा लगाए।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखा समाज सेवाका चन्दन शाहीले स्वर्ण जिते। चन्दनले राष्ट्रिय पूर्वच्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९ र ११–५ ले पन्छाए। प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ।

प्रकाशित: २१ माघ २०७९ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App