२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खेलकुद पूर्वाधारः बजेट छुट्टिन्छ, काम हुँदैन

गण्डकी प्रदेश खेलकुद मन्त्रलाय। खेलकुद मन्त्रालय अहिले सामाजिक विकास मन्त्रालयमा समाहित गरिएको छ। फाइल तस्बिर: नागरिक

गण्डकी प्रदेश सरकारले एक स्थानीय एक खेल मैदान निर्माणको अभियानलाई पाँचवर्षमा पनि मूर्त रुप दिन सकेको छैन्। यद्यपी वर्षेनी बजेटमा समेट्दैं भने आएको छ।

पोखरा–३३ पशुपतिघाटको चौरलाई प्रदेशकै गौरवको योजना बनाउँदै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने सपनासहित यो आर्थिक वर्षमा पनि बजेट छुट्टाएको छ। अघिल्ला वर्षहरुमा पनि बजेट छुट्टाएपनि योजना अघि बढाउन भने प्रदेश सरकारले सकेको छैन्।  

तत्कालिन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पशुपतिघाट क्रिकेट मैदानको लागि २० लाख रुपैयाँ छुट्टाएको थियो। छुट्टाएको बजेटले के काम गर्ने भन्ने अझैसम्म अन्योल छ। खेलकुद मन्त्रालय अहिले सामाजिक विकास मन्त्रालयमा समाहित गरिएको छ। पशुपति घाट खेल मैदानसम्म पुग्ने बाटो निर्माण हुन सकेको छैन्। यद्यपी क्रिकेट मैदानका लागि २० लाख रुपैयाँ छुट्टाइएको छ।

‘पोखरा रंगशालापछिको बैकल्पिक क्रिकेट मैदान बनाउनु अत्यावश्यक छ। तर प्रदेश सरकारको बजेटले मैदान संरक्षण गर्न पुग्दैन्,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भईसकेको छ। प्रतिवेदन तयार भएपनि नदीको कटान रोक्न जरुरी छ। सेती नदीको कटानले मैदानको क्षेत्रफल घट्दै गएको छ।’ उनले नदीको बहाव कम भएको अवस्थामा ग्याभिन गरेर प्राविधिकले नदी संरक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति हित काम अघि बढाउन सके क्रिकेट मैदान बन्छ अन्यथा बन्न नसक्ने जिकिर गरे।  

पशुपतिघाटसँगै प्रदेश सरकारले अन्य विभिन्न पूर्वाधारको लागि समेत बजेट छुट्टाएको छ। ११ वटै जिल्लाका खेलकुद पूर्वाधारलाई बजेट छुट्टाएको गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए। पोखरामा बास्केटबल तथा व्याडमिन्टन कोर्टको पूर्वाधारको लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ। कास्कीको चार गाँउपालिका र पोखरा महानगरपालिकाका खेलकुद पूर्वाधार विकासको लागि प्रदेश सरकारले ३ करोड ४० लाख रुपैयाँ छुट्टाएको छ। गोरखाको लागि ७१ लख, तनहुँलाई ८० लाख रुपैयाँ छ। तनहुँको म्याग्दे रंगशाला निर्माणको लागि २० लाख रुपैयाँ रहेको उनले बताए।  

नवलपुरको लागि ४० लाख, बाग्लुङलाई २ करोड ४५ लाख, मनाङ ४५ लाख र मुस्ताङ १६ लाख रुपैयाँ बजेट छ। मुस्ताङको किमलिङस्थित निर्माणाधिन हाईअल्टिच्युड खेलमैदानको लागि १० लाख रुपैयाँ छ। म्याग्दी जिल्लालाई १ करोड ६८ लाख रुपैयाँ, लमजुङलाई ५९ लाख र स्याङजालाई ९१ लाख रुपैयाँ बजेट छुट्टाईएको छ। जिल्लामा पूर्वाधारहरु निर्माणाधिन अवस्थामा रहेका छन्। पूर्व प्रदेश खेलकुद मन्त्री राजीव गुरुङको पालामा समेत छुट्टाइएको बजेटबाट काम अघि बढेको थियो।  

प्रकाशित: १५ माघ २०७९ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App