३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीपलाई टिममा फर्काउनेबारे कानुन अनुसार अगाडी बढ्छौ :अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएको छ।

बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दिपको बारे नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन्।

उनले भने, ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ। अब के गर्ने भनेर हामी छलफलमा छौं।’  

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले १० सर्त र २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।

प्रकाशित: १२ माघ २०७९ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App