२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

काठमाडौं— रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्ले अफ राउन्डमा प्रवेश गरेको छ। मंगोलियाको इर्चिम एफसीले कम्बोडियाको नागावल्र्डलाई १–० ले पराजित गरेपछि थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

समूह बी को छनौट चरणको खेलमा बिहीबार उलानबाटोरमा मंगोलियन क्लबले १–० को विजय हात पारेको हो। नागावल्र्डले प्ले अफ चरणमा पुग्न इर्चिममाथि ३ गोल अन्तरको विजय हात पार्नुपर्ने थियो। घरेलु टोलीसँग पराजय व्यहोरेपछि नेपाली टोली अर्को चरणमा पुगेको हो।

एक खेलमा विजय र एक बराबरी गरेको थ्री स्टार समूहको शीर्ष स्थानमा छ। मंगोलिन क्लब इर्चिनलाई २–० ले हराएको राष्ट्रिय लिग च्याम्पियनले कम्बोडियाको लिग रनर अपसँग १–१ को बराबरी निकालेको थियो।
 

प्रकाशित: ९ भाद्र २०७३ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App