२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

दिनेश र रमेशबीच उपाधि भिडन्त

दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२÷०२३ को तेस्रो प्रतिस्पर्धा सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३औं वरीयताका रमेश अधिकारीले १०औं वरीयताका भुवनकुमार रोक्कालाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। यसैगरी बुधबार नै सम्पन्न अर्को सेमिफाइनलमा सातौं वरीयताका दिनेश प्रजापतिले आठौं वरीयताका धनबहादुर थापालाई पनि समान २–१ ले स्तब्ध बनाउँदै दिनेशसँगको भेट पक्का गरेका हुन्। यससँगै दिनेश सूर्य नेपाल टुरमा करियरकै पहिलो उपाधि जित्ने संघारमा पुगेका छन्। दिनेश र रमेशबीच बिहीबार ३६ होलमा प्रतिस्पर्धा हुनेछ।

यस्तै सेमिफाइनलमा पराजित भएका धन र भुवनले तेस्रो स्थानका लागि १८ होलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अन्तर्गत बुधबार नै भएको अर्को स्पर्धाको क्वार्टरफाइनल प्रतिस्पर्धामा अप्रत्याशित नतिजा निस्किए। नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौं वरीयताका रवि खड्का पराजित भए। अप्रत्याशित नतिजा सुम्पिने क्रममा शुक्र १०औं वरीयताका भुवनकुमार रोक्कासँग ३–१ ले पराजित हुँदा धनबहादुर थापाले भुवनलाई ३–२ ले पराजित गरे। यसैगरी दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३–२ ले हराएका हुन्। उता पूर्वनम्बर एक खेलाडी रवि खड्का १३औं वरीयताका रमेश अधिकारीसँग ३–२ ले पराजित भए।

अघिल्लो सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट २० सम्मका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। उत्कृष्ट १६ का खेलाडी सहभागी हुने भए पनि चार खेलाडी देशबाहिर रहेकाले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। 

प्रकाशित: १२ माघ २०७९ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App