१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिचको सम्भावना जीवित

अस्ट्रेलियन ओपनको छनोट चरण पार गरेका आएका इन्जो क्वायकोमाथि जित निकाल्दै नोभाक जोकोभिचले २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने सम्भावना जीवित राखेका छन्।

रड लाभरमा सर्बियाका जोकोभिचले एक यस ९१औं वरीयताका क्वायकोविरुद्ध ६–१,६–७ (७–५),६–२,६–० को जित निकाले। मेलबर्नमा जोकोभिचले सोझो सेटमा निकालेको यो २३औं जित हो। उनी कीर्तिमानी १०औं अस्ट्रेलियन ओपनको लक्ष्यमा छन्। उनले सर्वाधिक नौ पटक अस्ट्रेलियन ओपन जितेका छन्।  

एक समर्थकले मादक पदार्थ सेवन गर्दै दर्शकदीर्घामा होहल्ला मच्चाएपछि जोकोभिचले अम्पायरसमक्ष उक्त समर्थकलाई मैदानबाट बाहिर निकाल्न आग्रह गरेका थिए। त्यससँगै सुरक्षाकर्मीले उनलाई त्यहाँबाट निकालेका थिए। त्यसको केही क्षणमै हातमा बियर लिएर बसेका अन्य ४ समर्थकलाई समेत बाहिर निकालिएको थियो।

‘खेलको सुरुआतबाटै ती समर्थकको चर्को आवाजले मलाई आफ्नो खेलमा केन्द्रित हुन दिइरहेको थिएन,’ जोकोभिचले भने, ‘उनले चौथो सेटमा सबै हद पार गरे। त्यसैले मैले अम्यारसमक्ष ती समर्थकलाई मैदानबाहिर पठाइदिन आग्रह गरेको थिएँ।’ सर्बियाका जोकोभिचको नाममा २१औं ग्रान्ड स्लाम छ। स्पेनका राफाइल नाडालको नाममा २२औं ग्रान्ड स्लामको कीर्तिमान छ। नाडाल सोमबार दोस्रो चरणमा पराजित भइसकेका छन्। यससँगै नाडालको उपाधि रक्षाको लक्ष्य विफल भएको थियो।

जोकोभिचले यसै वर्षबाट मात्र अस्ट्रेलियन ओपनमा पुनरामगन गरेका हुन्। कोभिड १९ विरुद्धको भ्याक्सिन नलाएको भन्दै जोकोभिच वर्षको पहिलो ग्रान्ड स्लाम खेल्न गत वर्ष मेनबर्न पुगे पनि अस्ट्रेलिया सरकारले उनलाई डिपोर्ट गरेको थियो। विश्व वरीयताको शीर्ष १० मा रहेका राफाइल नाडाल, कास्पर रुड र टेलर फिर्टज दोस्रो चरणबाट बाहिरिसकेका छन्। विश्व नम्बर एक कार्लोस अल्भारेजले भने चोटका काररण प्रतियोगिताको पूर्वसन्ध्यामा नाम फिर्ता लिएका थिए। शीर्ष खेलाडीको हार र अनुपस्थितिले जोकोभिचको २२औं ग्रान्ड स्लामको कीर्तिमानसँग बराबरी गर्ने सम्भावनालाई बल पुगेको छ। यद्यपि ह्यामस्ट्रिङको समस्याका कारण जोकोभिचले पटकपटक मेडिकल सहायता लिनुपरेको थियो। उनले गत साता मात्र एडिलेड ओपन जितेका थिए। सोही प्रतियोगितामा उनमा ह्यामस्ट्रिङको समस्या देखिएको थियो।  

‘आजको खेलको पहिलो सेटबाट धेरै घटना भइरहेको थियो। इन्जोले धेरै राम्रो खेले। दोस्रो सेटमा उनको प्रदर्शन अब्बल रह्यो,’ जोकोभिचले भने, ‘हामी दुवैले मेडिकल टाइम आउट लियौं। तर तेस्रो र चौथो सेटमा भने मलाई केही सहज भयो।’

प्रकाशित: ६ माघ २०७९ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App