१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एथलेटिक्सको प्राविधिक तालिम सम्पन्न

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए। साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश वज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा, दिवाकरलाल अमात्य र डा. ज्ञानेन्द्र शाह लगायतले विविध पक्षबारे प्रशिक्षण दिएका थिए।

बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको तालिमका सहभागीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे।

सदस्यसचिव भण्डारीले आगामी दिनमा अन्य खेलको पनि क्रमैसँग तालिम सञ्चालन गर्ने जानकारी गराए।

प्रकाशित: १ माघ २०७९ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App