लन्डन- इङ्लिस फुटबलले इतिहास रचेको ५० वर्ष पुगेको छ। आशावादीहरू लामो समय र कठिन किन नहोस् अझै इङ्लिस टोली विश्व च्याम्पियन बन्नेमा विश्वस्त छन्। त्यो दिन। शनिबार, जुलाई ३०, १९६६। पूरै देश एक स्थानमा उभिएको थियो। जुन दोस्रो विश्वयुद्धपछि कमै मात्र यस्तो भएको थियो। एल्फ राम्सेको इङ्ल्यान्डले अतिरिक्त समयमा पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो।
उत्सवमय त्यो वर्ष, प्रसिद्ध बेलायती संस्कृतिको महत्वपूर्ण वर्ष बनेको छ। जुन गत वर्ष प्रकाशित भएको किताब ‘१९६६ः दी इयर दी डिकेट एक्सप्लोडेड’ ले पनि पुष्टि गर्छ।
बेलायती सञ्चारमाध्यमले यस दिनको बार्षिकोत्सवलाई ठूलो महत्व दिएका थिए। छापा पत्रिकाका फ्रन्ट पेज भरिएको थियो भने बिबिसी रेडियो ५ ले करिब १२ घन्टा त्यसैमा आधारित रहेर कार्यक्रम चलाएको थियो। ९० मिनेट फोन वार्तामात्र सामेल थियो। जसमा समर्थकहरूले अहिलेको राष्ट्रिय टोलीको अवस्था र पहिलेको अवस्थाबारे चर्चा गरेका थिए।
साम एलार्डिस भर्खरै इङ्ल्यान्डका प्रशिक्षक नियुक्त भएका छन्। एलार्डिस १९७४ मा राम्से बर्खास्त भएपछि इङ्ल्यान्डका १२ औं प्रशिक्षक हुन्। त्यसपछिको उत्कृष्ट प्रदर्शन भनेको १९९० विश्वकप (प्रशिक्षक बबी रोब्सन) र युरो १९९६ (प्रशिक्षक टेरी भेनाबल्स) को सेमिफाइनलसम्मको यात्रा हो।
१९६६ विश्वकपको बदला जर्मनीले माथिको दुवै प्रतियोगितामा लियो। दुवैमा पराजित गर्दै जर्मनीले उपाधि जितेको थियो।
रोए हड्सनको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले ७ मध्ये १ खेल मात्र जित्न सकेको थियो। २०१४ को विश्वकप इङ्ल्यान्डका लागि सबैभन्दा खराब विश्वकप रह्यो।
युरो २०१६ को नकआउट चरणमा आइसल्यान्डसँग लज्जास्पद पराजयले २०२२ मा विश्वकप जित्ने योजना बुनेका फुटबल एसोसिएसन (एफए) का पूर्व प्रमुख ग्रेग डिकलाई पनि निराश बनायो।
‘हामीले कम्तीमा ५० वर्षको बीचमा ठूला प्रतियोगिता जित्नुपर्थ्यो,’ डिकले भने, ‘हामीले सकेनौं। तर हामीले अर्को ५० वर्षमा जित्नेछौं। आशा गरौं लामै समय भए पनि त्यो दिन आउनेछ।’
अरु कम विश्वस्त
‘प्रिमियर लिगको दम्भले हामीलाई अन्धो बनाएको छ,’ पूर्व फरवार्ड एलान सिएररले भने, ‘हामीलाई लाग्छ कि प्रतिभा जन्माउन यो विश्वकै उत्कृष्ट मञ्च हो। त्यो होइन। हामी पूर्णतः विदेशी खेलाडी र प्रशिक्षकमा रमाइरहेका छौं। हामीले जति राम्रो सोचिरहेका छौं, त्यो भइरहेको छैन।’
यो कठिन संयोग हुनसक्छ। १९६६ खेलाडी हरेक वर्ष मृत्यु हुन्छ र हरेक प्रतियोगितामा असफलता मिल्छ। जति जना बाँचेका छन् तिनको स्वास्थ्य अवस्था किनै कमजोर छ। उनीहरूलाई विश्वकप जित्दाको राम्रो स्मरण छैन।
बाँकी ९ जनामध्ये कम्तीमा ६ जनालाई कि क्यान्सरले च्यापेको छ कि स्मरणशक्ति कमजोर भएको छ। कप्तान बबी मुरे १९९३ मा ५१ वर्षको उमेरमा क्यान्सरबाट बिते भने राम्से १९९९ मा। त्यसको ८ वर्षपछि मिडफिल्डर एलन बलले पनि देहत्यागे।
‘हामी अझै पनि राम्रो साथीको नाताले सम्पर्कमा छौं। तर कसैसँग भेट्न कठिन हँुदै गएको छ किनकि उनीहरू स्वस्थ छैनन्,’ गोलकिपर गोर्डन ब्यांकले भने। इङ्ल्यान्डले खेल इतिहासको त्यो क्षणको पुनर्ताजकी कहिले गर्ला त?
प्रकाशित: १६ श्रावण २०७३ ०५:२० आइतबार