२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल टी–२० मा म्याच फिक्सिङको दह्रो आशंकाः सीआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको आशंका गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको उक्त प्रतियोगितामा फिक्सिङ भएका तथ्यहरू देखिन थालेको प्रारम्भिक अनुसन्धानबाट आएको प्रहरी स्रोत बताउँछ।

‘फिक्सिङको दह्रो आशंका देखिएको छ’, प्रहरी स्रोतले नागरिकन्यूजसँग भन्यो,‘यसमा खेलाडीसहित अन्य व्यक्तिहरू पनि संलग्न छन्।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत मंगलबार म्याच फिक्सिङ छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए। नेपाल प्रहरीले छानबिनको जिम्मा सीआइबीलाई दिएको हो। सिआइबीले प्रारम्भिक अनुसन्धान सक्काएको छ।

नेपाल टी–२० सुरु भएदेखि नै म्याच फिक्सिङको हल्ला चलिरहेको थियो। पुस ९ गतेदेखि प्रतियोगिता चलिरहँदा नै केही खेलाडी र म्याचमा संलग्न पदाधिकारीले फिक्सिङ भइरहेको बयान सार्वजनिक गरेका थिए।

उनीहरु सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आफ्ना भनाइहरू बाहिर ल्याएका थिए।

प्रकाशित: २४ पुस २०७९ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App