६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सम्झना कप माघ १७ देखि

ललितपुर टेबल टेनिस क्लबको आयोजनामा पाँचौं संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघ १७ देखि आयोजना हुने भएको छ।  

बिहीबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गरेर माघ १७ देखि २१ गतेसम्म आयोजना गर्ने जनाएको हो। प्रतियोगिता आयोजनाका लागि बिहीबार आयोजक ललितपुर टेबल टेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच प्रायोजन सम्झौता भयो। यससँगै सम्झनाले प्रायोजनमा पाँचौं पल्ट गर्न लागेको हो। सम्झौता ललितपुर टेबल टेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौतापत्र आदानप्रदान भयो। सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपियाँमध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेटरीले वेहोर्ने बताइएको छ।

प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स, थाइल्यान्ड, युएई, जापान, फ्रान्स, इङ्ल्यान्ड, दक्षिण कोरियाका करिब पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुनेछ। एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दस हजार तथा तेस्रोलाई पाँच हजार रुपियाँबाट पुरस्कृत गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख रुपियाँ रहेको छ।

प्रकाशित: २२ पुस २०७९ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App