५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

टी–२० लिग छानबिनमा सहयाेग गर्न आईसिसि तयार

राजधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसि प्रतिनिधिले बिहीवार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ। बुधबार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो। 

छानबिन समितिबनाएको जानकारी  गराएपछि आईसिसि प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।

यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो। त्यसपछि सहभागि टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो। टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो। 

यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट नगरेको क्यान स्रोतले जानकारी दिया। जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिबको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियाे।

विवाद सतहमा आएपछि राखेपले बुधवार सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियाे। 

प्रकाशित: २१ पुस २०७९ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App