२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

लुम्बिनी अल स्टार नेपाल टीट्वान्टी क्रिकेट लिगको प्लेअफमा

लुम्बिनी  अल स्टार नेपाल टी ट्वान्टी क्रिकेट लिगको  प्लेअफमा पुगेको छ।क्रितिपुरको क्रिकेट मैदानमा आज भएको दोश्रो खेलमा लुम्बिनी विराटनगर सुपर किंग्सलाई  १२ रनले हराएपछि  प्लेअफमा स्थान सुरक्षित पार्न सफल भएको हो।  लुम्बिनीले ७ खेल मध्ये  ६ खेल जितेको छ।  

 यस अघि  लुम्बिनीले दिएको १ सय २३ रन लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९दशमलब ३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो। विराटनगरका लागि अर्जुन साउदले सबै भन्दा वढि ४१ रन बनाए। गौरान्शु शर्माले १२ तथा पृथु बास्कोटाले ११ रनको योगदान दिए। लुम्बिनी अल स्टार लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान दुई दुई  तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान एक एक  विकेट लिए।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए ।कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३/१३ रन बनाए। विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान दुई दुई  विकेट हात पारे । कियोन जोसेफ र राज नाननले समान एक एक  विकेट लिए।

प्रकाशित: १७ पुस २०७९ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App